काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ ।
आज (शनिबार) बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म उम्मेदवार टुंगो लगाउने बताएका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता सामाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेकपा (एमाले)ले लिने सहमति भएको थियो ।
माओवादी केन्द्रमा अध्यक्ष पदका लागि मुख्य ३ जना आकांक्षी देखिएका छन् । हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालले अध्यक्ष पदका लागि आकांक्षा राखेको स्रोतको भनाइ छ ।
राष्ट्रियसभा निर्वाचनको मिति २९ फागुनका लागि तोकिएको छ ।