शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

जसपाका मन्त्रीहरूको शपथग्रहण आज


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/7187
    फागुन २७, २०८० आइतबार
    जसपाका मन्त्रीहरूको शपथग्रहण आज

    काठमाडौं । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ ।

    अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

    जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij