काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डलाई बालुवाटार नजिकै गोप्य स्थानमा र नेपाललाई उनकै निवास कोटेश्वरमा ओलीले भेटेको उनी निकट श्रोतले जानकारी दिएको छ ।
दुवै नेतासँग ओलीले संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुरा गरेको बताइएको छ । नेपालसँग भने पार्टी एकता हुँदै वाम एकताबारे छलफल भएको ओली निकट एक नेताले बताए ।
नेताहरूबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचनबारे पनि कुरा भएको छ ।