काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन गर्न पार्टी पदाधिकारीको बैठक बस्न लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्नेछ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवारमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् ।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए ।
यसअघि गठबन्धनका नेताहरू बीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने लिखित सहमति भएको थियो ।