शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

सुनको मूल्य प्रतिदिन उकालो लाग्दै- आज नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ किनबेच ?


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/7193
    फागुन २७, २०८० आइतबार
    सुनको मूल्य प्रतिदिन उकालो लाग्दै- आज नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij