शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

सरकारको साझा न्यूनतम कार्यक्रम तयार गर्न दिइयो यी नेताहरूलाई जिम्मा [नामावलीसहित]


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7197
    फागुन २७, २०८० आइतबार
    सरकारको साझा न्यूनतम कार्यक्रम तयार गर्न दिइयो यी नेताहरूलाई जिम्मा [नामावलीसहित]

    काठमाडौं । सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्ने जिम्मेवारी १० नेताले पाएका छन् ।

    सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेतालाई कार्यदलमा सहभागी गराइएको छ । जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् ।

    नेकपा (माओेवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल रहेका छन् । जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन रहेका छन् ।

    नेकपा (एकीकृत समाजवादी) बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् । जसपाका नेता श्रेष्ठले साझा न्यूनतम कार्यक्रममा सहमति भएका आठ बुँदे विषयहरूलाई समावेश गरिने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij