शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेस बैठक बस्दै


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7198
    फागुन २७, २०८० आइतबार
    राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेस बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

    देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुनेछ ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य मात्र छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका पदाधिकारी, महामन्त्री पदेन सदस्य छन् ।

    उपसभापति र केही शीर्ष नेतालाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउने अभ्यास छ ।

    शनिबार बिहान पनि देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनेबारे छलफल रहेको थियो ।

    आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट आनन्द ढुङ्गाना र कमला पन्तको नाम चर्चामा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij