शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राप्रपा कार्यालयमै किन कुटिए पूर्वएआईजीसमेत रहेका नेता श्रेष्ठ ?


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/7200
    फागुन २७, २०८० आइतबार
    राप्रपा कार्यालयमै किन कुटिए पूर्वएआईजीसमेत रहेका नेता श्रेष्ठ ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ ।

    राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो ।

    आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    खाना खाने समय भएको भन्दै बैठक स्थगित गरेको समयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।

    अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि आक्रमण भएको थियो । बैठकमा नेता श्रेष्ठले अर्का नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भएको आरोप समेत लगाएका थिए ।

    त्यसपछि दुई पक्षबीच भनाभन समेत भएको थियो । बैठक स्थगित भएर बाहिर निस्कँदै गर्दा नेता श्रेष्ठमाथि आक्रमण भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij