शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

मन्त्रीद्वय रवि र डीपीको जिम्मेवारी हेरफेर गर्न प्रधानमन्त्रीलाई निवेदन


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/7216
    फागुन २८, २०८० सोमबार
    मन्त्रीद्वय रवि र डीपीको जिम्मेवारी हेरफेर गर्न प्रधानमन्त्रीलाई निवेदन

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डीपी अर्यालका मन्त्रालय साटफेर गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन परेको छ ।

    लामिछाने र अर्याल उल्लिखित पदमा रहँदा स्वार्थको द्वन्द्व हुने दाबी गर्दै उनीहरूका मन्त्रालय आपसमा हेरफेर गर्न माग गरी आइतबार युवराज सफलले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् ।

    ‘स्वार्थको द्वन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरिपाऊँ’ विषय राखी लेखिएको निवेदनमा भनएिको छ, ‘उपरोक्त सम्बन्धमा यो जानकारी गराउन मिति २०८० फाल्गुन २३ गत बुधबारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र उपसभापति एवम् सांसद डीपी अर्याल क्रमशः उपप्रधान तथा गृह र श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भएकोले निजहरू उल्लेखित पदमा रही कार्य गर्दा स्वार्थको द्वन्द्व स्पष्ट देखिने हुँदा निजहरूको जिम्मेवारी तत्काल हेरफेर गरी पाऊँ भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष यो निवेदन पेस गरेको छु ।’

    गृहमन्त्री लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधी रहेको तथा सहकारी ठगीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेकाले उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्न सम्भावना देखिएकाले उनलाई सो पद दिन नहुने दाबी निवेदनमा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij