शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

राष्ट्रिय सभा अध्यक्षका लागि २ जनाको उम्मेदवारी दर्ता [दल र नामावलीसहित]


  • 370
    SHARES
  • https://indrenipost.com/index.php/posts/7222
    फागुन २८, २०८० सोमबार
    राष्ट्रिय सभा अध्यक्षका लागि २ जनाको उम्मेदवारी दर्ता [दल र नामावलीसहित]

    काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।

    संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

    उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

    उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट  राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्माले उम्मेदवारी दिएका छन् ।

    उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij