शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7224
    फागुन २८, २०८० सोमबार
    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

    सत्ता गठबन्धन, राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत विषयमा छलफल भएको दुवै नेताका सचिवालयले जानकारी गराएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार (भोलि) हुँदै छ ।

    अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल उमेदवार छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उमेदवार छन् ।

    प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij