शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राप्रपा

राप्रपा नेता श्रेष्ठमाथि हातपात गर्ने समूहको खोजीमा प्रहरी


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/7226
    फागुन २८, २०८० सोमबार
    राप्रपा नेता श्रेष्ठमाथि हातपात गर्ने समूहको खोजीमा प्रहरी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान गर्दै छ ।

    श्रेष्ठमाथि आइतबार पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा सहभागी भएका बेला हातपात गरिएको थियो ।

    सो घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान थालेको छ ।

    घटनाबारे नेता श्रेष्ठले निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

    काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

    घटनामा संलग्नको खोजी गरिरहेको उनले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij