शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

एकीकृत समाजवादीका सांसदहरूको अडान : प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने


  • 379
    SHARES
  • https://indrenipost.com/index.php/posts/7230
    फागुन २८, २०८० सोमबार
    एकीकृत समाजवादीका सांसदहरूको अडान : प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने

    काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।

    सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए ।

    उनले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने बताए ।

    उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए ।

    उनले भने, भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उनले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उनले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ। तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ। सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउँनुहुन्न ।

    उनले सरकारले अघि बढ्ने कि ढल्ने भन्ने कुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij