शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन, दाहाल र शर्माबीच प्रतिस्पर्धा


  • 298
    SHARES
  • https://indrenipost.com/index.php/posts/7235
    फागुन २९, २०८० मंगलबार
    राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन, दाहाल र शर्माबीच प्रतिस्पर्धा

    काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ । बिहान ११:०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ ।

    राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)बाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन् ।

    राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन् । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् ।

    एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन् । यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन् ।

    यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन् ।

    २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन् ।

    कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी ०४५ सालमा पार्टीको बाँके सभापति भएर काम गरेका थिए ।

    गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij