काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दबाब दिन भन्दै तय गरेको प्रदर्शनको मिति परिवर्तन गरेको छ ।
चैत १६ गतेका लागि तय भएको काठमाडौं केन्द्रित प्रदर्शन पार्टीको कार्यसम्पादन समितिको बैठकले २७ गतेका लागि सारेको हो ।
एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी, अभिभावकलाई असुविधा पर्ने भन्दै काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारेको पार्टीले जनाएको छ ।
‘राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको निर्णय रहेकोमा मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ,’ राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।