शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नयाँ गठबन्धन

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई रास्वपाको ह्वीप


  • 460
    SHARES
  • https://indrenipost.com/index.php/posts/7244
    फागुन २९, २०८० मंगलबार
    प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई रास्वपाको ह्वीप

    काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

    मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्‌मा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका हुन् ।

    जसमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी छन् । यी पाँच दलसँग सुविधाजनक बहुमत छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij