शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल


  • 298
    SHARES
  • https://indrenipost.com/index.php/posts/7246
    फागुन २९, २०८० मंगलबार
    राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल

    काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरूलाई अपिल गरेका छन् ।

    मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरूको बैठकमा पार्टीका शीर्ष नेताहरूले साझा उम्मेदवार दाहाललाई मतदान गर्न अपिल गरेका हुन् ।

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न अघिल्लो सरकारले गति लिन नसकेका कारण सरकार पुनःगठन गर्नुपरेको बताएको उनले बताए । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

    सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाल र कांग्रेस-लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार युवराज शर्मा अध्यक्षका लागि चुनावी मैदानमा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij