काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।
बैठकमा पेस भएका दुवै प्रस्तावलाई राष्ट्रिय सभाको अध्यक्षता ग्रहण गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्णयार्थ प्रस्तुत गर्दा दाहालका पक्षमा बढी मत परेकाले उनलाई निर्वाचित भएको घोषणा गरिन् ।
कांग्रेसबाट अध्यक्षका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।