शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ संसदीय अंकगणित


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/7258
    फागुन ३०, २०८० बुधबार
    प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ संसदीय अंकगणित

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा (एमाले)लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मतको चाहिन्छ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij