शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

माधव नेपाललक्षित ओलीको जवाफ : प्रधानमन्त्रीको पद बाँड्ने गठबन्धन होइन


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7269
    फागुन ३०, २०८० बुधबार
    माधव नेपाललक्षित ओलीको जवाफ : प्रधानमन्त्रीको पद बाँड्ने गठबन्धन होइन

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा १५ महिनापश्चात् नयाँ प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा उनले अखबारमा आएजस्तो १३ वा १५ महिना प्रधानमन्त्रीको भागबन्डा नभएको जिकिर गरे ।

    “१३/१५ वर्ष प्रधानमन्त्रीको कार्यकाल बजारभरि बाँडेको देख्छु । यसले यो सरकार परिवर्तन किन भएको ? सहकार्य किन गरेको ? गरिमा घटाएको छ । यो खबर अनुचित कुरा हो” उनले भने, “त्यहाँ मेरो पनि नाम देखेँ । प्रधानमन्त्री हुनैका लागि हामीले यसो गरेको छैन । मलाई प्रधानमन्त्रीको इच्छा हैन ।”

    सत्तासाझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी)का नेताले अबको १५ महिनामा प्रधानमन्त्री फेरिने बताइरहेका छन् । त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने उनीहरूको भनाइ छ ।

    त्यसपश्चाात् मात्र ओली प्रधानमन्त्री बन्ने उनीहरूले बताइरहेका छन् । ओलीले सोही प्रश्नको सांकेतिक जवाफ दिएका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij