शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

व्यापार

यी पाँच वस्तुको अन्तर्राष्ट्रिय माग अत्याधिक बढ्यो, लोभ लाग्दो निर्यात


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7407
    चैत १३, २०८० मंगलबार
    यी पाँच वस्तुको अन्तर्राष्ट्रिय माग अत्याधिक बढ्यो, लोभ लाग्दो निर्यात

    काठमाडौं । नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

    व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइ-उड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर, अदुवा छन् ।

    मुलुकबाट आयात निर्यात दुवै घटिरहेका वेला ती वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा पाँच वस्तुको माग उच्च रहेकाले पनि निर्यातमा वृद्धि भएको हो ।

    केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा ती वस्तुको निर्यात २५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको भएको तथ्याङ्कले देखाएको छ ।

    केन्द्रको तथ्यांक अनुसार आठ महिनामा नेपालबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन ७४ प्रतिशतले बढेर ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

    गत वर्षको यही अवधिमा आइरन तथा स्टिलको निर्यात छ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको भएको थियो ।

    यस्तै आठ महिनामा मुलुकबाट प्लाइ-उडको निर्यात ९१ प्रतिशतले बढेर चार अर्ब ९३ करोड ९८ लाख ४८ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

    गत वर्ष यही अवधिमा दुई अर्ब ५८ करोड १६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

    प्लाइ-उड छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।

    भारतमा प्लाइउडको माग उच्च भएकाले निर्यातमा समेत उल्लेख्य वृद्धि भएको हो ।

    नेपालको प्लाइ-उड उच्च गुणस्तरको हुने भएकाले नि भारतमा बढी आउने गरेको व्यवसायीको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij