शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

लगातार चार दिनपछि नेप्से १० अंकले वृद्धि, २ अर्ब ३५ करोडभन्दा बढीको कारोबार


  • 667
    SHARES
  • https://indrenipost.com/index.php/posts/7409
    चैत १३, २०८० मंगलबार
    लगातार चार दिनपछि नेप्से १० अंकले वृद्धि, २ अर्ब ३५ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ०.४९ प्रतिशतले बढेर बन्द भएको हो ।

    यससँगै, आज नेप्से परिसूचक २०४१ अंकमा पुगेको छ । यसक्रममा आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर छ । परिसूचक बढेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।

    यसबाहेक, दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत, सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशत र विन नेपाल लघुवित्तको मूल्य ९.४३ प्रतिशतले बढेको छ । आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै भएको छ । यो कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेप्से परिसूचक बढेपनि तीन समूहको सूचक भने घटेको छ । वित्त समूह, जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ । यसबाहेकका सबैजसो समूहमा सुधार आएको छ ।

    सबैभन्दा धेरै उत्पादनमूलक समूहको १४५ अंक, जलविद्युत समूहको ३९ अंक र होटल तथा पर्यटन समूहको सूचक २४ अंकले बढेको छ । आज चार दिनपछि पहिलोपटक परिसूचक बढेको हो । गत साताको मंगलबार ६ अंकले घटेको थियो ।

    बुधबार ३.३४ अंक र बिहीबार १५ अंकले परिसूचक घटेको थियो । यस्तै, यो साताको सोमबार समेत नेप्से परिसूचकमा १७ अंकको गिरावट आएको थियो । आज समेत सुरुवातमा परिसूचक बढेपनि साढे ११ बजेदेखि घट्न सुरु गरेको थियो ।

    १२ बजेसम्मको अवधिमा परिसूचक २०३२ अंकमा आइसकेको थियो । फेरि बढ्न थालेर परिसूचक २०४८ अंकसम्म पुगेर पुनः फर्किँदै २०४१ अंकमा आएर रोकिएको हो । यसक्रममा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij