काठमाडौं । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड)लाई रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका अंगक्षकलाई रिहा गर्न आदेश दिएको हो । चैत ५ गते सर्वोच्च परिसरबाट प्रसाईंका दुई व्यक्तिगत सुरक्षा गार्ड दिपक खड्का र राजकुमार धिताल पक्राउ परेका थिए ।
उनीहरूको साथबाट हतियार एक थान, म्याग्जिन साना–ठूलोे दुई–दुई थान, म्याक्जिन होल्डर एक थान, गोली १०० राउन्ड बरामद गरिएको थियो ।