काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इलाम -२ र बझाङ १ (क)मा उम्मेदवारी दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने, हाम्रो पार्टीले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको छ ।
इलाम-२ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ ।
माओवादी बझाङ भने आन्तरिक छलफलमै रहेको बताइएको छ ।