बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

उपनिर्वाचन

इलाम–२ मा हुने उपनिर्वाचनका लागि रास्वपाले सार्वजनिक गर्‍यो ६ जना प्रारम्भिक उमेदवारको सूची


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/7426
    चैत १४, २०८० बुधबार
    इलाम–२ मा हुने उपनिर्वाचनका लागि रास्वपाले सार्वजनिक गर्‍यो ६ जना प्रारम्भिक उमेदवारको सूची

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गरेको छ ।

    रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बुधबार ६ जना आकांक्षीको नाम सार्वजनिक गरेका हुन् ।

    जसमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने रहेका छन् ।

    चुनावमा भाग लिने उमेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन उनीहरूले उमेदवारी दिएका थिए ।

    रास्वपाले प्रारम्भिक उमेदवारी उपरको दाबी विरोध गर्ने समय मिति भोलि दिउँसो १ बजेसम्म निर्धारण गरेको छ ।

    आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij