बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

प्रधानमन्त्री हेटौंडा जाँदै


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/7440
    चैत १६, २०८० शुक्रबार
    प्रधानमन्त्री हेटौंडा जाँदै

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् ।

    आज र भोलि दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताए । उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतको उपस्थिति रहने उनको भनाइ छ ।

    साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने छ । निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

    साधारण सभाका लागि १ करोड खर्च हुने आयोजकको अनुमान छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij