मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

सहकारी प्रकरण

गृहमन्त्री रवि लामिछानेको स्पष्टोक्ति : सहकारी प्रकरणमा मेराे नामबाहेक अरु केही छैन


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/7446
    चैत १६, २०८० शुक्रबार
    गृहमन्त्री रवि लामिछानेको स्पष्टोक्ति : सहकारी प्रकरणमा मेराे नामबाहेक अरु केही छैन

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणकाे आफू दाेषी नरहेकाे बताएका छन् ।

    उनले सहकारी प्रकरणमा आफ्नाे नामबाहेक अरु केही नरहेकाे बताए । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अदालतमा दर्ता भएकाे मुद्दामा आफू प्रतिवादी नरहेकाे बताए ।

    'सहकारी प्रकरणमा मेरो नाम छ भनिएको छ । त्यहाँ मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । जाहेरी सूचनाको रूपमा प्रहरीमा दर्ता रहेको छ । यो कांग्रेस सरकारमा रहँदा भएको कुरा हो ।'

    उनले आफूले अनुसन्धानलाई कुनै किसिमले प्रभावित नपार्ने बताए । 'मन्त्रीले अनुसन्धान प्रभावित पार्ने होइन । निर्देशन दिने पनि होइन । संयन्त्र छ जो हामीले बनाएका हौँ । भोट हालेको मान्छेले ठग्यो भन्लान् जहाँ प्रश्न उठ्छ त्यहाँ जवाफ दिनुपर्छ ।'

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij