बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

राजनीति

इलाम-२ मा आज उम्मेदवारी घोषणा गर्दै रास्वपा


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/7449
    चैत १७, २०८० शनिबार
    इलाम-२ मा आज उम्मेदवारी घोषणा गर्दै रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवार घोषणा गर्दैछ ।

    रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौतारा बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।

    कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी र सहप्रवक्ता रमेश प्रसाईँलगायतले सम्बोधन गर्नेछन् ।

    कार्यक्रमका लागि नेताहरू शुक्रबार नै इलाम पुगिसकेका छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij