बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

खेलकुद

त्रिकोणात्मक फ्रेन्डसिप कपमा आज नेपालले गुजरातसँग भिड्दै


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/7459
    चैत १८, २०८० आइतबार
    त्रिकोणात्मक फ्रेन्डसिप कपमा आज नेपालले गुजरातसँग भिड्दै

    काठमाडौं । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ ।

    नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ। खेल दिउँसो सवा एक बजे शुरु हुनेछ । नेपाल र बरोडा मंगलबार खेल्नेछन् ।

    चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ । फाइनल खेल चैत्र २५ गते हुनेछ ।

    यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ । नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

    नेपाल त्यहीँबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जानेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij