मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

संसद् बैठक

कांग्रेसको संसद् अवरोध टिकेन : गृहमन्त्रीको विरोध कायमै, बैठक सुचारू


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7462
    चैत १८, २०८० आइतबार
    कांग्रेसको संसद् अवरोध टिकेन : गृहमन्त्रीको विरोध कायमै, बैठक सुचारू

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध अन्त्य गरेको छ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति गठनको माग राख्दै संसद् अवरोध कायमै राखेको बैठक पुनः सुचारु भएको छ । 

    संसद्को सुरुवातमै कांग्रेस सांसद सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारेका हुन् । 

    कांग्रेसले बारम्बार प्रश्न उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रमुखले जवाफ दिएपनि त्यसले थप संशय पैदा भएको सांसद गौतमको भनाइ छ । 

    ‘अहिले सत्ताम रहेकाले हिजो गम्भीर रुपमै उठाएका थिए । तत्कालीन गृहमन्त्रीले पनि यसलाई छानबिन गर्छौँ भन्दै आउनुभएको थियो,’ उनले भने ।

    ‘तर परिस्थति फेरियो । जोमाथि छानबिन भइरहेको थियो, उहाँ नै गृहमन्त्रीको कुर्सीमा पुग्नुभएको छ । प्रधानमन्त्री जीले क्ल्नि चिट दिनुभयो। प्रहरी प्रमुखले पनि क्लिन चिट दिनुभयो । त्यसकारण हामीले उठाएको सवालमा झन् गम्भीर प्रश्न जन्मिएको छ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij