काठमाडौं । जारी संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्ले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।
सांसदले गृहमन्त्रीलाई जीवी राई कहाँ छन् ? भन्दै प्रश्न गरेका हुन् ।
आइतबार बसेको संसद् बैठकमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले जीबी राई कहाँ छन् भनी प्रश्न सोधेकी हुन् ।
शून्य समयमा बोल्दै उनले उपप्रधानमन्त्री लामिछाने यो प्रकरणमा छानबिनको दायरामा आउनुपर्ने बताइन् ।
जीबी राईले पोखराको सूर्यदर्शन सहकारीलगायत विभिन्न सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम लिएर फरार छन् ।