शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

छुनै नसकिने सुनको भाउ आज घट्यो कि बढ्यो ?


  • 658
    SHARES
  • https://indrenipost.com/index.php/posts/7464
    चैत १८, २०८० आइतबार
    छुनै नसकिने सुनको भाउ आज घट्यो कि बढ्यो ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ ।

    यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । 

    यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रूपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । 

    शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । 
      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij