शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अर्थतन्त्र

नेप्से परिसूचकमा सामान्य गिरावट, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/7477
    चैत १९, २०८० सोमबार
    नेप्से परिसूचकमा सामान्य गिरावट, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ ।

    आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ ।

    आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव ७५ मा कारोबार भएका छन् ।

    आजको कारोबारमा होटल र पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक शून्य दशमलव २० प्रतिशतले बढेको छ ।

    साथै बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य नौ दशमलव ४४ प्रतिशतले बढेको छ ।

    रिभल फल्स पावर लिमिटेडको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको छ दशमलव २७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडको छ दशमलव १७ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य पाँच दशमलव ७३ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको रु ४७ करोड २९ लाख १७ हजारछ सय ३२ बराबरको शेयर कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij