काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।
माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए ।