काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी (जसपा)ले इलाम-२ मा पहिचानवादी उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए ।
त्यस्तै, बझाङ–१ ‘क’ मा आफ्नै पार्टीबाट उमेदवार उठाउने निर्णय गरिएको छ ।
रामबहादुर जाग्रीलाई उमेदवार बनाउने निर्णय गरिएको प्रवक्ता सुमनले जानकारी दिए ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उमेदवारी दर्ता हुँदैछ ।