मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उपनिर्वाचन

इलाम-२ मा हुने उपनिर्वाचनका लागि ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/7536
    चैत २३, २०८० शुक्रबार
    इलाम-२ मा हुने उपनिर्वाचनका लागि ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने

    काठमाडौं । उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए ।

    त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए ।

    आगामी वैशाख १५ गते रिक्त दुई स्थानका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि भोलि (शनिबार) उमेदवारी दर्ता गराउने कार्यसूची छ । त्यसका लागि दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij