मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बलात्कार मुद्दा

सन्दीपको मुद्दामा वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइ हुने


  • 775
    SHARES
  • https://indrenipost.com/index.php/posts/7540
    चैत २३, २०८० शुक्रबार
    सन्दीपको मुद्दामा वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइ हुने

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा वैशाख ३ गतेदेखि उच्च अदालत पाटनमा पूर्ण सुनुवाइ हुने भएको छ ।

    सन्दीप काठमाडौं जिल्ला अदालतबाट गएको पुस २५ मा दोषी ठहर भएका थिए । तर, जिल्लाको फैसलाविरुद्ध उनी फागुन १० गते पुनरावेदनमा गएका थिए ।

    अर्कोतर्फ गौशाला–२६ बालिग रहेको जिल्ला अदालतको ठहरविरुद्ध सरकारी वकिल पनि उच्च अदालत पुगेको थियो । सरकारी वकिलले गौशाखा–२६ नाबालिग नै रहेकाले सन्दीपलाई अधिकतम सजाय माग गरेको छ ।

    दुवैको पुनरावेदनमा उच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । दुवै पक्षको पुनरावेदनमा एकैसाथ सुनवाइ गर्ने गरी उच्च अदालतले आगामी वैशाख ३ गतेको पेसी तोकेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

    उनका अनुसार वैशाख ३ देखि पूर्ण सुनुवाइ हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij