मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उपनिर्वाचन

उपनिर्वचनका लागि उम्मेदवारी दर्ता आज


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/7541
    चैत २४, २०८० शनिबार
    उपनिर्वचनका लागि उम्मेदवारी दर्ता आज

    काठमाडौं । वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले शनिबार मनोनयन दर्ता गर्दै छन् । बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

    शनिबार साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ ।

    अपराह्न ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरीबारे जाँच गरी निर्णय गर्नेछ । चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

    आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा उपनिर्वाचन हुन लागेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij