मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

नाउपा रेशम चौधरी पक्षको बैठक आज पनि, सरकारमा सहभागी हुनेबारे छलफल हुँदै


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/7542
    चैत २४, २०८० शनिबार
    नाउपा रेशम चौधरी पक्षको बैठक आज पनि, सरकारमा सहभागी हुनेबारे छलफल हुँदै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी पक्षका नेता कार्यकर्ताहरूको बैठक काठमाडौंमा बसेको छ । हिजोदेखि सुरु भएको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने बताइएको छ ।

    प्रदेश सरकारमा सहभागी हुनुपर्ने मत बलियो रूपमा आएको नाउपाका एक नेताले बताए । तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने र कसरी जाने भन्ने विषयमा कुनै निर्णय नभएको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

    आज ११ बजेदेखि रेशम पक्षका नेताहरू पुन: बैठकमा बस्दै छन् । त्यसले सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा टुङ्गो लगाउने चौधरीले बताए । यसअघि कांग्रेस नेतृत्वको सरकारमा नाउपा रेशम पक्षका पाँच जना नेता मन्त्री थिए ।

    कुल ७ मध्ये पाँच जनालाई मन्त्री बनाउँदा पनि बहुमत पुर्‍याउन नसकेपछि कांग्रेसका कमल बहादुर शाहले राजीनामा दिएका थिए । अहिले प्रदेश प्रमुखले १० दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij