मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको शपथ आज


  • 388
    SHARES
  • https://indrenipost.com/index.php/posts/7547
    चैत २५, २०८० आइतबार
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराको शपथ आज

    दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) पद तथा गोपनीयताको सपथ खाँदैछन् ।

    सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    संघको राजनीतिक फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए ।

    नयाँ बनेको गठबन्धनबाट पाँच दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    मुख्यमन्त्री महराको आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij