काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाइएको छ ।
आज (आइतबार) बेलुका ५ बजे बोलाइएको बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, विधेयकमा साझा धारणा र सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामको सम्बन्धमा समीक्षा हुने भएको छ ।