मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

विरोध प्रदर्शन

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन, ६ जना पक्राउ


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/7554
    चैत २५, २०८० आइतबार
    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन, ६ जना पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले सिंहदरबारको दक्षिण गेटअगाडि आइतबार प्रदर्शन गरेको छ ।

    सरकारले निषेधित क्षेत्र घोषणा गरेको दक्षिण गेटअगाडि प्रदर्शन गरिएको हो ।

    प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

    बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले काम नगरेको भन्दै प्रदर्शन गरिएको हो ।

    सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागसहित नेविसंघले प्रदर्शन गर्दै आएको छ ।

    कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग समेत गरिरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij