मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

संसदीय निर्वाचनविरुद्ध विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको नेकपाले २०८४ को चुनावमा भाग लिने 


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/7695
    बैशाख ५, २०८१ बुधबार
    संसदीय निर्वाचनविरुद्ध विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको नेकपाले २०८४ को चुनावमा भाग लिने 

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०८४ को निर्वाचनमा भाग लिने संकेत गरेको छ ।

    आज (बुधबार)देखि कपिलवस्तुको शिवगढीमा जारी पार्टी केन्द्रीय समितिको बैठकमा निर्वाचनमा जानेबारे छलफल भइरहेको छ । 

    उक्त छलफलमा बोल्दै विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै मोर्चाको एक हिस्सा हुने संकेत गरेका छन्  ।

    ‘चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलन थियो । अब त्यसले काम गर्दैन ।

    चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा हुने भएकोले २०८४ मा चुनावलाई हामीले त्यसरी नै लिनुपर्छ,’ महासचिव विप्लवले भने ।  

    २०७९ को निर्वाचनमा नेकपाले स्थानीय तहमा आफ्ना उम्मेदवारहरू परोक्ष रूपमा अगाडि सारेको थियो । तर, २०७४ को निर्वाचनमा भाग नलिए पनि त्यसभन्दा अघिको निर्वाचनमा नेकपाले निर्वाचन सामाग्री तोडफोड, मतदाता आवागमनमा रोक लगाएकोक थियो । नेकपा संसदीय निर्वाचन प्रणाली उचित नभएको भन्दै तत्कालीन नेकपा (माओवादी)बाट विद्रोह गरेर अलगिएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij