मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

प्रतिपक्षी उपस्थित नभएपछि गण्डकी संसद् बैठक स्थगित


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/7733
    बैशाख ७, २०८१ शुक्रबार
    प्रतिपक्षी उपस्थित नभएपछि गण्डकी  संसद् बैठक स्थगित

    काठमाडौं । गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बहिष्कार गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

    आज बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरु भएको जानकारी गराएका थिए । त्यसपछि उनले बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गरेका थिए ।

    "प्रतिपक्षको आसन खाली रहेको देखिएकाले प्रतिपक्ष दलका माननीय सदस्यहरू सभाहलमा प्रवेश गरेर आआफ्नो स्थानमा गर्नका लागि अनुरोध गर्दछु," उनले प्रतिपक्ष दलका सांसदहरूलाई आग्रह गरेका थिए ।

    सभामुखले तीनपटक प्रतिपक्ष दलका सांसदहरूलाई सभाहलमा आउन आग्रह गरेका थिए । तर, उनीहरू नआएपछि सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij