काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट एमालेले सम्मान गर्ने भएको छ । एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई आज (सोमबार) नेकपा स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा उनलाई एमालेले सम्मान गर्ने भएको हो ।
उक्त कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ता दिइएको छ ।
गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्ने भएको छ । तर, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भने सम्मान कार्यक्रममा नजाने भएका छन् ।
नेपाललाई एमालेले औपचारिक निम्ता दिएपनि उनी कार्यक्रमा नजाने उनको सचिवालयले जनाएको छ । सनिवालयका एक सदस्यका अनुसार विदादेवी भण्डारी राष्ट्रपति हुँदा दुईपटक गैरसंवैधानिक ढंगबाट संसद् विघटन गर्नेलाई गणतन्त्र गौरवको सम्मान गर्नु उपयुक्त नभएकोले हाम्रो पार्टी अध्यक्षज्यू जान नमान्नु भएको हुनसक्छ । यद्यपि उहाँ अन्य कार्यक्रमा जानुपर्ने भएकोले पनि त्यता जान भ्याउनु हुन्न् ।
तर, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने सो कार्यक्रमा जाने भएका छन् ।