मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

नेकपा स्थापना दिवस

वामपन्थी ध्रुवीकरण चर्चा – प्रचण्ड, ओलीले एउटै मञ्चबाट भने : तत्काल कम्युनिष्ट एकता असम्भव  


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/7768
    बैशाख १०, २०८१ सोमबार
    वामपन्थी ध्रुवीकरण चर्चा – प्रचण्ड, ओलीले एउटै मञ्चबाट भने : तत्काल कम्युनिष्ट एकता असम्भव  

    काठमाडौं । वामपन्थी ध्रुवीकरणको चर्चा चलिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एउटै मञ्चबाट हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् । 

    एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् । 

    प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए ।

    उनले भने– ‘अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । त्यतिबेला समयभन्दा गाडी दौडिएछकी जस्तो लाग्छ । अहिले सहकार्य सुरु गरेका छौँ । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’

    त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता विभाजन हुँदा ठूलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार सञ्चालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।

    उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij