काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् ।
उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन् ।
उनको सवारीको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ ।
दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ .(नोटाम) जारी गरिएको छ भने आज देशभर सार्वजनिक बिदा दिइएको छ ।