सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

राजनीति

राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले सम्बोधन गर्ने


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/7795
    बैशाख १३, २०८१ बिहीबार
    राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ ।

    राष्ट्रिय योजना आयोगले तयार पारेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो ।

    बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटेल याक एण्ड यतीमा बस्ने बैठकलाई परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

    बैठकमा राष्ट्रिय योजना आयोगले प्रस्तुत गर्ने १६ औँ योजनाको मस्यौदामा सहभागीहरूले आ–आफ्नो धारणासहित सुझाव राख्नेछन् । सुझावपछि बैठकले मस्यौदा पारित गर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij