सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उपनिर्वाचन

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति


  • 883
    SHARES
  • https://indrenipost.com/index.php/posts/7807
    बैशाख १३, २०८१ बिहीबार
    उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

    काठमाडौं । इलाम २ र बझाङ प्रदेशसभा १(१) मा हुन लागेको उपचुनावमा सेना परिचालन हुने भएको छ ।

    १५ वैशाखमा हुने चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् ।

    सुरक्षा परिषद् बैठकले सेना परिचालन गर्ने सिफारिस गरेअनुसार मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष स्वीकृति मागेको थियो ।

    मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्रानुसार सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति भवन शीतलनिवासले जनाएको छ ।

    चुनावका लागि प्रचारप्रसारको काम सकिएको छ । अहिले मौन अवधि जारी छ । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी भइसकेको बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij