मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पाल्पामा संघ र सातै प्रदेशका सभामुखको भेला हुने


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/7818
    बैशाख १४, २०८१ शुक्रबार
    पाल्पामा संघ र सातै प्रदेशका सभामुखको भेला हुने

    पाल्पा । पाल्पाको तानसेनमा आजदेखि सुरु हुने अन्तरव्यवस्थापिका अन्तरसंवाद भेलाको हुने भएको छ ।

    दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहेको छ ।

    लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुति लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।

    भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने कार्यक्रम रहेको पनि सभामुख घर्तीले बताए ।

    संघीयतालाई कार्यान्वयनलाई कार्यान्वयन गर्ने, प्रदेशलाई स्थापित गर्ने र अहिले बनेको संसदले अन्तरव्यवस्थापिका अन्तर संवाद कार्यक्रम राखिएको सभामुख घर्तिमगरले बताए । ​

    भेलामार्पत एकअर्काले गरेको अभ्यासलाई सिकाई हुने र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउन तयारी समेत रहेको छ ।

    संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएकाले यस विषयमा छलफल हुने पनि उनको भनाइ छ ।

    यस्तै तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निमार्ण गरी अघि बढ्ने विषयमासमेत छलफल हुनेछ ।

    त्यसका लागि स्थानीय र प्रदेश सरकार बलियो हुनुपर्ने उनकाे भनाइ छ ।

    प्रदेशको सफलतासँगै संघीयताको सफलता जोडिएको हुँदा संघबाट आवश्यक कानुन नबन्दा प्रदेशका लागि आवश्यक कानून निमार्ण गर्न नसकिएको उल्लेख गर्दै सबैको छलफलपछि साझा अधिकारका सूचीभित्र रहेका कानून निमार्ण र प्रदेशका सभामुखसंगको समन्वयका लागि पनि यो भेलाले महत्वपूर्ण हुने विश्वास गरिएको सभामुख घर्तीले बताए ।

    भोलि सम्पन्न हुने भेलाले पाल्पा घोषणापत्र जारी गर्नेछ। संघ र सातै प्रदेशका सभामुखसहितको टोलीले पाल्पाका विभिन्न ऐतिहासिक र पर्यटकीय स्थलको अवलोकन गर्नेसमेत कार्यक्रम रहेको हुँदा जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij